प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले यु’द्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको ल डाइँ ‘दुई छाक

 खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ।गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ भने स्वरमा उनलाई सम्झना भण्डारीले साथ दिएकी छन्। प्रिज्मा स्टुडियोमा रेकर्ड भएको यो गीतको मिक्सिङ, मास्टरिङको काम श्यामश्वेत रसाइलीले गरेका छन्। गीतमा प्रयोग भएको बासुरी रत्न विकेले बजाएका हुन्। सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका छन्।

गीतलाई डीबी लोहनी र किरण किकेले रेकर्ड गरेका हुन्।यो गीतको भिडियोको निर्देशन र कथा प्रकाश सपुतकै रहेको छ। सुनिल विकेले निर्देशकीय पक्षमा सघाएका छन्। देबेन्द्र बब्लुले यो भिडियोको सिर्जनात्मक निर्देशन गरेका छन्।

भिडियोमा प्रकाश सपुत, सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केशरी’, पुष्पा अवस्थी, विशाल घिमिरेको साथमा बाल कलाकार प्रविष्टी विकेको अभिनय रहेको छ। भिडियो प्रवीन भट्टको विपि फिल्म नेपालमा सम्पादन भएको हो।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post