
धनगढी-कैलालीमा १२ वर्षीया बालिकायलाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ।
गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रबाक्ता जोशीले बताए । पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।