काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ ।
सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो।