आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ ।शक्रबार एकै दिन ४०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार पनि १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।

Post a Comment

Previous Post Next Post