लामो समय पछि मेरी बास्सैमा चम्सुरीको अगमन, भव्य स्वागत (भिडियोसहित)

काठमाडौं: दुवै मिर्गौला फेल भएर अस्वस्थ भएकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा अलि सुधार आएपछि उनी छ।

 महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि ‘मेरी बास्सै’ को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले बताइन ।

पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकै खुसी लागेको छ। सबैले न्यानो स्वागत र मायाले अझै हौसला मिलेको छ। अब प्रत्यारोपण नहुन्जेलसम्म ‘मेरी बास्सै’ मा मलाई दर्शकले देख्न पाउनुहुनेछ’ उनले भनिन्।

मिर्गौला दिन परिवारबाट नै एकजनाको क्रस म्याच भइसकेको भएता पनि सरकारी काम भने बाँकी रहेको उनले बताइन्। आगामी माघमा मिर्गौला प्रत्यारोपण हुने उनको भनाई छ।

पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको समस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। श्वास फेर्न गाह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुले जानकारी दिएका थिए।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post