रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको र’हस्यमय मृ’त्यु भएको छ । शुक्रबार रा’ति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झु’ण्डिएको अ”वस्थामा फे’ला परेको बताइएको छ ।
परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झु’ण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झु’ण्डिएको अ’वस्थामा फे’ला परेको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घट’नाको अनुसन्धान सुरु ग’रिएको छ ।
आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।