२० र ४० बर्षका आमाछोरा मिलेर गरे सोच्नै नसकिने यस्तो काम ! कारण थाहा पाउँदा होस उड्छ

दुई जना पक्राउ परेका छन् । ९ वर्षीय बालिकालाई जर्वजस्ती करणी गर्ने बारा आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र हत्यामा सहयोग गर्ने उनकी आमा शान्तिदेवी कानुलाई प्रहरीले पक्राउ गरेका हो ।

पुस २५ गते दिउँसोको घरबाट बाख्रा लिई चराउन गएकी जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका वडा नं. ७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी रुपमाला कुमारी साह हराई बेपत्ता भएकी र पुस २७ गते मृत अवस्थामा फेला परेपछि प्रहरीको अनुसन्धानबाट सन्तोष साह कानुले जर्वजस्ती करणी गरेको तथा करणीपछि घाटी थिची हत्या गरेको र हत्या हुँदा उनकी आमा शान्ति देवीले प्रमाण नष्ट गर्न सहयोग गरेको देखिएको थियो ।

बारा प्रहरी कार्यालयका डिएसपी राजेश थापाका अनुसार आमा छोरालाई नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । प्रहरीका अनुसार मृतक रुपमाला बाख्रा चराई रहेका बेला उनी खाने पानी लिन नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारम तर्फ गएकी थिइन ।

त्यही क्रममा कुखुरा फराममा रहेका सन्तोषले जर्वजस्ती करण गरेको थिए । त्यसक्रममा रुपमाला चिच्याउन थालेपछि सन्तोषले घाटी थिचेर हत्या गरेका थिए । प्रहरीका अनुसार सन्तोषले हत्या गरेको स्वीकार गरिसकेका छन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post