कैलालीमा वडा सदस्य र शिक्षकले नै ब लात्कारको घट ना मिलापत्र गराएको जानकारी बाहिरिएको छ। मिलापत्र गराएको आरोपमा जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ५३ वर्षीय वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मी रुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होम प्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र ज,र्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
मिलापत्र गर्ने अन्य केही जना फरार रहेको जानकारी प्रहरीले दिएको छ।मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया एक महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर ब लात्कार गरेको बुझिएको छ। घ टना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका गराइएको थियो। तर ३ लाख मध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि घ टनाबारे जानकारी आएको हो।
उक्त विषयमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी आएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनीहरू माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए।
हेर्नुहोस् भिडियो