२० बर्षकि चेलिको यस्तो बिजोक अवस्था ,रुदै रुदै आफ्नो काल आएन भन्छिन् (हेर्नुस् भिडियो )

जिन्दगी शोभा सुनुवारको जस्तो लाउलाउ खाउखाउ भन्ने यो २० बर्षको उमेरमा यसरी कसैले पनि बिस्तारामा सुत्नु नपरोस् ।भोलि के हुन्छ कस्लाई के नै थाहा छर ।शोभाले १४ बर्षको उमेरसम्म जिन्दगी राम्रै बिताइरहेकि थिइन ।

तर अहिले शोभाको जिन्दगी सगै सबै सपना पनि चकनाचुर भएको छ ।घरमा आमा र सानो भाइ छ र बुवाले संसार छाडेको पनि बर्षदिन मात्रै भयो ।शोभा पलपलमा रुन्छिन् आफ्नो यो कहालिलाग्दो जिन्दगी सम्झेर र आफुलाई अलिकति पनि बाच्न मन नभएको उनी बताउँछिन् ।उनको रात र दिन सधै रोएरै बितिरहेको छ । उनको खुट्टा एकदमै दुख्छन् र त्यहि दुखाइको पीडा होला उनी राम्रोसग पनि बोल्न सक्दिनन् ,खाना आफै खान सक्दिन ,आफै बस्न सम्म पनि सक्दिनन् ।

आफुसगैका साथिहरु कोहि कहाँ कोहि कहाँ पुगिसके र आफू भने सधै बिस्तारामै र हिड्न पनि नसक्दा पढाइ पनि गर्न नसकेको र आफ्नै साथि पनि कहिलेपनि आफुलाई भेट्न नआउदा आफुलाई हदैसम्मको दुख लाग्ने गरेको उनी रुदै बताउँछिन् ।उनिले जिन्दगीसग हारिसकिन ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post