चितवनबाट य,स्तो अवस्थामा समातिय भारतीय महिला , सबैजना सचेत हुन आग्रह

मेला महोत्सव तथा भिडभाडलाई लक्षित गरी चोरी गर्ने समुह पक्राउ :- घटना बिवरण – मकर सक्रान्तिको अबसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडको फाईदा 

उठाई मेला महोत्सवमा आएका सर्वसाधारणले साथमा बोकेको नगद र लगाएका गरगहना चोरी गर्ने उदेश्यले नेपालमा आई चोरी गर्ने कार्यमा संलग्न भारतीय मुलका महिलाहरु सक्रिय रहेको भन्ने सुचना प्राप्त भैरहेको अबस्थामा मिति २०७८/१०/०१ गते अं. १२.३० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. बडा न. १० बस्ने बसन्त गिरी र सिता गिरी नारायणगढ स्थित शहिदचोकको फुटपाथमा ठेला पसलमा सामान किनि रहेको अबस्थामा घेरा हाली कोही झोला समात्ने

कोही बहाना बनाई कुराकानी गर्दै ध्यान अन्यत्र मोड्ने जस्ता क्रियाकलाप गरी सिता गरीले बोकेको झोला भित्र रहेको मनि ब्यागमा रहेको नगद रु ६०००/- ( छ हजार रुपैया मात्र ) र ९४,०००/- (चौरानब्बे हजार रुपैया मात्र ) मुल्य बराबरको २ थान सुनको औठी चोरी गरेकोमा तत्काल प्रहरी टोलीले निज भारतीय मुलका महिलाहरुलाई खानतलासी गर्दा उक्त चोरी भएको सामान फेला परेको हुँदा निजहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भई रहेको ।

पक्राउ व्यक्तिहरु :-

१. भारत गोरखपुर स्थायी ठेगाना भएकी बर्ष २५ की प्रियाङका देबि । २. ऐ.ऐ. ठेगाना भएकी बर्ष २० की अतिम्मा देबि । ३. ऐ.ऐ. ठेगाना भएकी बर्ष २५ की पायल देबी । ४. ऐ.ऐ. ठेगाना भएकी बर्ष १८ की नितु देबी । ५. ऐ.ऐ. ठेगाना भएकी बर्ष ३५ की शिला देबी । ६. ऐ.ऐ. ठेगाना भएकी बर्ष ४० की मञ्जु देबी । ७. ऐ.ऐ. ठेगाना भएकी बर्ष १८ की आरोही भारती ।

बरामद सामानहरु :-

सुनको औठी थान २ , नगद रु ६०००/- र ए टि एम कार्ड २ थान निजहरुलाई पक्राउ गरी सम्मानित अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भई रहेको क्रममा आज मिति २०७८/१०/३ गते जिल्ला चितवन भरतपुर महानगरपालिका वडा न. ५ कल्याणपुर बस्ने बर्ष ७४ की चन्द्र माया श्रेष्ठले मिति २०७८/१०/१ गते निज सात जना महिला मिली बिभिन्न बहाना बनाई सुनको सिक्री २,००,०००/- ( दुई लाख रुपैया ) बराबरको चोरी गरेकोमा कार्बाही गरी पाँउ भनि निजहरु बिरुद्ध अर्को किटानी जाहेरी प्राप्त हुन आएको हुँदा उक्त जाहेरी सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।

सथै भिडभाड स्थल तथा सवारी साधनमा त्यस प्रकृतिका मानिसहरु देखिएमा सतर्क रहन र सो को जानकारी नजिकको प्रहरी कार्यालय वा १०० मा तत्काल गर्न हुन समेत आम नागरिकमा अनुरोध गरिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post