मकवानपुरमा भेटियो,५०KG का श्रीमानको १६६ KG कि श्रीमती(भिडियो हेर्नुहोस्)

मकवानपुर जिल्लामा पुर्व पश्चिम राजमार्गको छेउमा एउटा सानो चिया पसल संचालन गर्दै आएकि मनिशा थपलिया उमेरले भर्खरै २७ वर्ष मात्र पुगेकी छिन ।

तर उनको तौल भने अहिले १६६ किलोग्राम रहेको छ । संभवत उनी नेपालै कै सबैभन्दा मोटि महिला हुन सक्छिन । बिबाहित मनिशाको एक छोरा पनि रहेका छन । मनिशाका अनुसार आफू पहिले देखि नै मोटो नै भएको उनले बताईन । तर पहिले भन्दा अहिले अझ धेरै मोटाएको मनिशा थपलियाले बताईन ।

करिव १० वर्ष अघि २०६८ सालमा दिपक थपलियासगँ उनको बिबाह भएको उनले बताईन । आफू बिबाह गर्दा ८० या ८५ किलोग्राम त्यस्तै हाराहारीमा भएको उनले बताईन । अहिले अझ धेरै मोटाएको उनको भनाई छ । उनका श्रीमान दिपक थपलिया भने ५०/५२ किलोग्राम भएको दिपकले बताए । आफुभन्दा श्रीमती १०० किलोग्राम भन्दा पनि धेरै रहेको उनको भनाई छ । भैरहवा माइती भएकी मनिशा सासू ससुराले गर्दै आएको चिया पसलमा उनिहरुलाई सहयोग गर्न भनी त्यहा काम गर्ने गरेको बताईन ।

यति धेरै मोटो भएको कारणले बहिर बजार तिर हिड्दा कतिपयले अचम्म मानेर हेर्ने गरेको मनिशा बताउँछिन । तर घरमा श्रीमान तथा अन्य परिवारले भने यति धेरै मोटि भयो भनेर कहिल्यै नराम्रो ब्याबहार नगरेको बताईन । सासू ससुराले भने धेरै मोटि नहुनु, अलिक कम खाउ पछि बिरामी पर्दा आफैलाई गारो हुन्छ स्याहार गर्न सक्ने कोहि हुदैन भनी सम्झाउने गरेको तर नराम्रो ब्याबहार अथवा हेला भने कहिल्यै पनि परिवारमा कसैले नगरेको उनले बताईन ।

मनिशाका श्रीमान दिपक भने पेशाले ड्राइभर रहेछन । तर गत लकडाउन पछि उनी घरमै रहेछन । श्रीमती मनिशा यति धेरै मोटि भए पछि केही रोगका कारण यस्तो भएको हो कि भनेर आफुले अस्पताल लगेर चेकजाँच पनि गराएको दिपकको भनाई छ । तर त्यस्तो केही रोग नदेखिएको उनले बताए । उनको अनुमानमा श्रीमतिको शरीरमा कुनै पनि रोग नदेखाएकोले निरोगी भएर नै यसरी मोटाएको हो कि भन्ने लागे दिपक बताउँछन । तर मोटो भयो भनेर नराम्रो भने नलाग्ने उनको भनाई छ ।

मनिशा भने आफुलाई भोक धेरै लाग्ने गरेको बताउँछिन । घट्नको लागि भनेर एक दिन नखादा अर्को दिन भोक लागेर थाम्न नसक्ने उनको भनाई छ । मोटि भएर काम गर्न पनि गार्‍हो हुने उनको भनाई छ । थाकाई लाग्ने, हिड्न पनि गार्‍हो हुने उनको भनाई छ । कहिलेकाही जंगल दाउरा लिन जादा हिड्न धेरै गार्‍हो हुने उनको भनाई छ । आफुलाई हिड्न र केहि बलको काम गर्न निकै समस्या हुने मनिशा बताउँछिन ।

भिडियो हेर्नुस:

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post