हे भगवान यो कस्तो रोग लाग्यो अनुहार हेर्न पनि न,सकिने बालिकाको शरीर भरी घाउ

अनुहार हेर्न पनि न,सकिने बालिकाको शरीर भरी घाउबाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर– २ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःख दिइरहेको छ । 

गंगा जन्मेको तीन महिनादेखि शरिरका विभिन्न भागबाट छाला जाने समस्या सुरु भएको थियो ।अहिले उनी १२ वर्ष पुगिसक्दा पनि शरिरका विभिन्न भाग बाट छाला जाने स मस्याको भने समाधान हुन सकेको छैन ।

गंगाका शरिरमा अहिले अनुहार हेर्न पनि नसकिने गरि मुख र निधारको छेउ टाउकोमा वर्षौदेखि ठूला घाउ रहेका छन् । उनको उपचारको लागि स्थानीयस्तर र पालिकाबाट समेत केही आर्थिक सहयोग भएपनि निको भने हुन नसकेको आमा प्रेमाले बताइन् ।

टाउकोमा घाउ निस्केको पनि एक वर्ष भो, तर निको भने भएको छैन । घाउमा केहि समय अघि किरा समेत परेको थियो’ उनले भनिन्, ‘छोरीको उपचारका लागि विभिन्न अस्पतालमा पुगेपनि कसैले पनि रोगको उपचार गर्न सकेनन् ।’ शरिरभरी घाउ आएपछि गंगाले तीन कक्षा पास गरेपनि पढाई अगाडी बढाउन सकेकी छैनन् ।

घाउ ठूलो भएकाले घरदेखि बाहिर समेत जान नसकेको आमा प्रेमाले बताइन् । ‘छोरी गंगाको उपचार गर्न खर्च धेरै लाग्ने भएकाले आफुसँग आर्थिक अवस्था नभएकोले समस्या बनेको हो’ गंगाका बुबा कामी दमाईले भने, ‘छोरीको यस्तो अवस्थाले गर्दा दिनहुँ रोएर पिडा पोख्नुपर्छ ।’ उनका अनुसार घाउका कारण खानेकुरा खान पनि धौ–धौ पर्ने गरेको छ । ‘एकातिर छोरीको यस्तो हालत छ’ बुबा कामीले भने, ‘अर्कोतिर आफै विरामी हुँदा थप स मस्या परिरहेको छ ।

केहिदिन अघि बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा गंगालाई चेकजाँच गरि घाउको मासु क्यान्सर भए नभएको पत्ता लगाउन लगेको उनले जानकारी दिए ।

छोरीलाई क्यान्सरको आंशका गरिएकोले उपचारका लागि धेरै पैसा लाग्ने देखिएकाले आर्थिक सहयोगका लागि उनले बाबु आमाले अपिल गरेका छन् । आर्थिक सहयोगका लागि ९८६६७०७९२७ नम्बरमा फोन गरेर गंगाका बाबु आमालाई सम्पर्क गर्न सकिनेछ । शाभार Mission Today daily बाट…

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post