देउवाले मतदान गरेलगत्तै मतदानस्थलमै घट्यो यस्तो घटना, १ जना पक्राउ, को हुन् उनि ?





प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानको व्‍यवस्था गरिएको छ ।

नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदानमा ८ सयभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ८ सय ७८ मत खसेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एकजनाले सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई मत खसाल्न करिव १ घण्टा लाग्छ । कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न करिब ४ हजार ६ सयजना प्रतिनिधिहरुले मत खसाल्दै छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post