कस्तो अच्चम तीन हातखुट्टा भएको बच्चा जन्मियो

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई सदर अस्पतालस्थित एसएनसीयूमा रेफर गरियो । डाक्टर आफताबका अनुसार बच्चाको स्थिति नाजुक छ तर उनी खतराबाट बाहिर छन् ।

सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले पनि यो देख्न सकेनन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post