नेपालकी मगर चेलीले दुखी नेपालीहरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढाबुढीलाई सहयोग गरेको भिडियो राख्दै आएकी छिन् ।
उनले हात मुठ्ठी पारेर दुखी बुबाआमाको अगाडी गइ हात खोलेर केही रकम सहयोग गर्दछिन् ।जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गिभिना यी आमाबुबाको लागि भगवान बनेर आइरहेकि छिन् ।उनले सहयोग आफ्नो मनबाट गर्दै आएको र यसले आफुलाई कुनै चर्चा नचहिएको समेत बताएकी छिन् ।
उनले सहयोग गर्दा आफ्नो अनुहारपनि देखाएकी थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थालेपछि उनले आफ्नो अनुहार देखाएकी छिन् ।सहयोग गर्दा आफुलाई भित्री खुशी मिल्ने भएर सहयोग गरेको उनी बताउछिन् ।
गरिब दुखीलाई सहयोग गर्नु नै मानवताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असाहाय र बेसहारालाई सहयोग गरेर मानव धर्मको पालन गर्न आग्रह गरेकी छिन् ।
भिडियो हेर्नुस् :-