यो कस्तो रोग आयो ,घाँटी नै आकाशतिर फर्कियो ,कठै ( हेर्नुस् भिडियो )

पर्वत जिल्ला मोदि गाउपालिका चित्रेका २२ बर्षिय दिपेश गुरुङ डिस्टोनिया जस्तो एकदमै डरलाग्दो रोगको सिकार बन्न पुगे ।उनको परिवारले उनको उपचारका निम्ति धेरै अस्पतालमा पुर्याएर लाखौ लाख खर्च गरे तरपनि उनिमा अलिकति पनि २० को उन्नाईस पनि सुधार भएन ।

एक बर्ष देखि दिपेशको घाँटी आकाशतिर मात्रै फर्किएको छ ।दिपेशले तीन बर्ष देखिनै नशाको निरन्तर नै दबाई खादै आएका छन् । उनी पहिले ठिक थिए सामान्य मान्छे जस्तै नै थिए तर उनिमा एकाएक डिस्टोनिया नामक रोग लागिसकेपछि उनको सानै उमेरबाटै डान्सर बन्ने सपना पनि अन्तत बिलाएर गयो ।

आफ्ना साथिहरु आफुले काहिकतै देखिहाले मुटु फुटेर आउने गरेको भन्दै दिपेश धुरुधुरु रुन्छन् । आखाभरि टिलपिल आँसु पार्दै मुटु बटारेर दुबै आमा बुवाले सहयोगको अपिल गर्नुभयो । यति कलिलै उमेरमा यस्तो अवस्था आउला भन्ने दिपेशले सायद सपनामा पनि सोचेका थिएनन् होला तर दैवको खेल नै यस्तै भयो । आर्थिक अवस्था पनि कमजोर भएको उक्त परिवारलाई अहिले हदैसम्म दुख छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post