पैसा तिर्न नसकेर स्टेज बाहिर नै नाचेर भाइरल बनेका संजुको भाइरल नाच (भिडियो हेर्नुस)

काठमाडौं : गुल्मी जिल्ला घुवाचिटी भन्ने ठाउँका सन्जु केही समय अघि बाट सामाजिक संजालमा निकै भाइरल बनेका छन । गुल्मीमा भएको एक कार्यक्रम हेर्न पुगेका उनी त्याहा नृत्य हेर्दै गर्दा बजेको गितमा उनी नाचिरहेको देखिन्छ। 

पछा डीबाट कसैले खिचेको उक्त भिडियो निकै भाइरल बनेको छ अहिले समाजिक संजालमा । उनले उक्त कार्यक्रममा भाग लिएका भने होइनन ।

कार्यक्रम हेर्न गएका उनी बाहिर नच्ने क्रममा उनी जस्तै कार्यक्रम हेर्न गएका कसैले पछाडीबाट सन्जुले थाहा नपाउने गरि उक्त भिडियो खिचेका थिए। त्यसरी भाइरल बनेका सन्जु आफू पनि उक्त कार्यक्रममा गएर आयोजकहरुसगँ नृत्य देखाउने बताएको तर पैसा नतिरी जान नपाउने भनी आफुलाई जवाफ दिएको बताउँछन ।

आर्थिक कमजोर भएका सन्जुले पैसा तिर्न त्यहा सकेनन । तर उनको प्रतिभा भने स्टेज बाहिर नै हिट भयो ।स्टेजमा गित बजे पछि आफू बाहिर नाच्दै हेरेको उनले बताए। त्यही बेला कसैले उनको भिडियो खिचेको उनलाई पनि थाहा रहेनछ । त्यसरी एकाएक भाईरल बनेका सन्जुको खोजी अहिले सामाजिक संजालमा निकै हुन थालेको छ ।

आर्थिक अवस्था कमजोर भए कोले सन्जुलाई पढाउन नसकेको उनकी आमाले बताईन । परिवारमा सन्जु, उनका भाइ, बाबुआमा र हजुर आमा रहेका छन । घरको आर्थिक अवस्था कै कारण सन्जु १२ बर्षको सानै उमेर देखि घरको ईन्डिया गई काम गर्दै आएको उनकी आमा बताउँ छिन ।

घरको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले पढ्न नपाएको सन्जु बताउँ छन । चाहाना भएता पनि पढाउन सक्ने अवस्था घरमा नभएकोले आफू काम गर्न जानू पर्ने सन्जुको भनाई छ । सन्जुको बुवाको पनि आँखाको दुई पल्ट अप्रेसन गर्नु परेकोले स्वास्थ्य अवस्था कमजोर भएकाले काम गर्न सक्ने अवस्था छैन ।

सन्जुकी हजुरआमाका अनुसार सन्जु सानै देखि चन्चके स्वभावका थिए । उनी पहिले देखि नै नाच्न खुब मन पराउने गरेको उनले बताईन ।

प्रतिभा भएर पनि कतै ठाउँ नपाएको सन्जुको परिवारको बुझाई छ। आर्थिक कारण नै सन्जुले आफ्नो प्रतिभा अनुसारको ठाउँ नपाएको उनिहरुको भनाई थियो । अझ केही सिक्न सके सन्जुले धेरै राम्रो गर्न सक्ने उनको परिवारको बुझाई छ । आर्थिक अवस्था कम जोर भएका सन्जुको परिवारलाई अहिले सहयोगी दाताहरुले सहयोग रकम मिडिया मार्फत पठाएका छन ।

उनले उक्त रकमले न्यानो कपडा किनेर लगाएका छन । आफुलाई आफ्नो प्रतिभा देखाउने अवसर मिले केही गरेर देखाउने सन्जु बताउँछन। आफू मोडल भन्ने चाहाना भएको सन्जुले बताएका छन । तर आफ्नो आर्थिक अवस्थाले त्यो स्थानसम्म पुग्न नसक्ने उनको भनाई छ । आफू आफ्नो प्रतिभा कुनै पैसा नतिरी देखाउन पाउने ठाउँको खोजिमा रहेको पनि उनले बताए ।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post