इन्द्रेणीकि पुरानो गायिका मिना लामा लामो समयपछि मिडियामा,इन्द्रेणी छोड्नुको खास कारण बल्ल खोलिन



इन्द्रेणीबाट आम नेपालीको मन जितेकी लोकप्रिय गायिका मिना लामा लामो समयपछि मिडियामा आएकी छिन।उनि आम नेपालीको खोजीमा रहेकी गायिका हुन्।एक समय इन्द्रेणीमा कृष्ण कंडेल संग उनलाई हरेक शृंखलामा देख्न पाइन्थ्यो,उनि एक्कासी जापान लागेपछि इन्द्रेणीमा उनको अभाब भएको हो।

केहि समय जापान बसेर फर्किएकी लामाले पारिवारिक कारणलेनै इन्द्रेणी छाडेको खुलेको छ।उनले आफुलाई सबै कुराले साथ् दिदा दिदै पनि इन्द्रेणी छाड्न पर्दाको पिडा रहेको पनि व्यक्त गरिन।इन्द्रेणी टिम झन् अगाडी बढेको देख्दा आफुलाई गर्व लागेको उनको भनाई रहेको छ भने अझै इन्द्रेणीमा गएर निरन्तर दोहोरी गाइरहेको समेत उनले बताएकी छिन।

आफुले छाडेको केहि समयमै टिका सानु आएको र इन्द्रेणीलाइ अगाडी लान साथ् दिएको समेत बताएकी छिन।झन्डै ८ बर्ष निरन्तर इन्द्रेणीमा काम गरेकी लामाले स्टेज निरन्तर जानु परेको र केहि पारिवारिक कारण इन्द्रेणी जान नसकेको र सल्लाहलेनै इन्द्रेणीबाट बिदा लिएको बताएकी हुन्।

आफुलाई कृष्ण कडेलले नै यो क्षेत्रमा निरन्तर साथ् दिएको उनको भनाइ रहेको छ। आफु संगै लोकप्रिय गायिका सन्ध्या बुढा र लोकप्रिय गायक कृष्ण रेउले ले पनि सहकार्य गर्दै अगाडी बढेको र संगै इन्द्रेणीबाट बिदा लिएको समेत खुलाएकी छिन।खुलेरै इन्द्रेणीको प्रशंसा गरेकी मीनाले इन्द्रेणी आफ्नो माइती घर भन्दा प्यारो लाग्ने बताएकी हुन्।

हेरौ यो बिशेष कुराकानी :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post