काठमाडौँ, १५ पुस । अकस्मात बढेको चिसोले पहाडी र हिमाली ठाउँमा हिउँ परेको छ । कति युवाहरु हिउँमा रमाउन अग्लो स्थानमा पुगेका छन् ।
तर चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको शव फेला परेको छ । चन्द्रागिरीमा एक जना र बझाङमा दुई पुरुषको शव फेला परेका छन् ।
काठमाडौंमा एक युवकको शव बिहीबार फेला परेको छ । चन्द्रागिरी नगरपालिका-४ चित्लाङ जाने बाटो हिँमचुलीमा ३० वर्षीय सुजन लामाको शव फेला परेको हो । थानकोट प्रहरी इन्चार्ज डिल्ली नारायण पाण्डेको अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । लामाको मृत्यु के कारणले भयो, त्यसबारेमा भने हालसम्म केही खुलेको छैन् ।
डाक्टरको टोली घटनास्थलमा पुग्दै छ । लामाका परिवार पनि घटनास्थलमा पुगिसेकेका छन् । उनको शव देखेपछि स्थानि