कुशल वेलबासे र शान्ति श्री परियारले गाए दुनिया संसार रुवाऊने गीत 'चिनै मिलेन' (भिडियोसहित)


पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा स्वाभिमान क्रियसन प्रा लि मार्फत नया लोक दोहोरी गित 'चिनै मिलेन' गित बजारमा आएको छ।

मङ्सिर महिना बिषेश गरि लगनको महिनाको रुपमा चिनिन्छ। बिवाह गर्न मिलेको उमेर समुह यो महिनामा धेरै बिवाह बन्धनमा बाधिने गर्छन। बिशेष गरि प्रेममा हुनेले कसैले आफ्नो प्रेमलाई प्राप्ति गर्छन त कसैको वियोग अर्थात बिछोड हुन्छ।

बिवाह गर्दा चिना नमिलेर बिवाह गर्न नपाएका धेरै जोडीको पीडालाई प्रतिनिधिन्व गर्दै आज मात्र स्वाभिमान क्रियसन प्रा लि मार्फत कमल प्रसाद कण्डेलको नया लोक दोहोरी गित चिनै मिलेन गित बजारमा आएको छ। गीतमा शब्द पनि कमल प्रसाद कण्डेलले लेखेका छन

स्वाभिमान क्रियसन प्रा लि मार्फत बजारमा आएको उक्त गीतमा हातैका पौजाले ,सनिसार ,बर्बादी जस्ता धेरै चर्चित गीतका लोकप्रिय लोक गायक कुसल बेलबासे र शान्ति श्री परियारको आवाज रहेको छ। गीतमा सङ्गीत श्रीकृष्ण अर्यालले भरेका छन। उक्त गीतको एरेन्ज पछिल्लो समयको व्यस्त एरेन्जर महेन्द्र भण्डारीले एरेन्ज गरेका छन।

 गीतमा भगवानलाई आफ्नो प्रेम छुटेको कारण भगवानलाई पनि माफी नदिने जस्ता कुराहरु गीतमा समेटिएको छ।उक्त भिडियोमा चर्चित कलाकार एबम निर्देशक राजू महोत्रा र लोकप्रिय मोडल सारिका केसीको प्रमुख भूमिका रहेको छ। सारिका र राजुले थुप्रै गीतमा सहकार्य गरेका छन।

भिडियोको छायांकन कारन चैसारले गरेका हुन् भने सम्पादन /कलर मनोज कार्कीले गरेका छन। भिडियोमा निर्देशन र कथा परिकल्पना मोडल एबम पछिल्लो समयको व्यस्त निर्देसकको रुपमा चिनिएका बिनोद भण्डारीले गरेका हुन्।गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक 

भिडियो हेर्नुहोला :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post