खाना खाइसक्ने बितिकै नगर्नुस् यी कार्यहरु,क्यान्सरसम्म हुनसक्छ !

काठमाडौँ । सामान्यतय हामी सबैले दैनिक खाने खानामा सानो लापरवाही भयो भने पनि त्यसले प्रत्यक्ष असर पार्ने र पाचन प्रक्रिया गडबडि हुने गर्दछ।

त्यसैले सर्वप्रथम खाने कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।हामीले नियमित रुपमा सन्तुलन मिलाएर खाने खानाले मात्र शरिर स्वस्थ रहन सक्दैन। खाना खाईसकेपछि हामीले कस्ता कामहरु गर्छौँ भन्नेमा पनि निर्वर रहने गर्छ। खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब पाचन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण पोषण तत्व हाम्रो शरीरले प्राप्त गर्छ ।

आज हामी तपाईहरुलाई खाना खाईसकेपछि तुरुन्त गर्न नहुने केही कामहरुको बारेमा बताउन जाँदै छौँ जसलाई तपाईलाई स्वस्थ रहन मद्धत पुग्नेछ।

१. धुम्रपान गर्नु : यदि तपाई धुम्रपान गर्नुहुन्छ भने खान खाइसकेपछि तुरुन्त गर्नु हुँदैन किनकि यसले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढाउने गर्छ।

२. चिया पिउनु : खाना खाएपछि तुरुन्त चिया पिउनु हुँदैन। यदि खाना खाने वितिकै चिया पिउँदा चियाको पातमा पाईने एसिडिटीको मात्राले एसिडिटीको समस्या बढाउन सक्छ ।

३. ब्रश गर्नु : खाना खाने बितिकै ब्रश गर्दा दाँतमा ब्याक्टेरिया लाग्ने खतरा हुने भएकाले आधा घण्टा पछि मात्र ब्रश गर्नु उत्तम हुनेछ।

४. फलफूल खानु : खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले मोटोपनको समस्या समेत आउन सक्ने हुँदा यी कुराहरुमा विचार पुर्याउन आवश्यक हुन्छ।

५. नुहाउनु : खाना खाईसकेपछि तुरुन्त नहुने गर्दा पाचन प्रणालीमा समस्या आउने र डाइजेशन ढिलो हुने गर्छ। यस कारण एसिडिटी र कब्जियतको समस्या आउने गर्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post