कठै !अर्कैसंग हिडेकी आमा भेट्दा छोरी यसरी भक्कानिइन्,कहिलै नबिर्सनु है आमा भन्दै बिदाई गरिन् (भिडियो हेर्नुस्)


केही समय अघि गिता मगरका श्रीमानले आफ्नि श्रीमतिले घर जग्गा सबै बेचेर करिव २८ लाक भन्दा धेरै लिएर श्रीमती अर्कैसगँ हिडेको भन्दै मिडियामा गिताका श्रीमान आएका थिए 

त्यसरी फरार भएको भन्दै उनी मिडियामा आए पछि उनको खोजी कार्य भएको थियो । अहिले भने गिता मगर नवलपरासीमा भेटिएकी छिन । उनी भेटिए पछि गिताकी छोरी पनि उनलाई भेट्न भनी मिडियासगैँ आएकी थिइन । छोरिलाइ भेट्दा गिता पनि निकै रुएकी थिइन ।

नवलपरासी जिल्लाको सुनौल नगरपालिका ८ मा भेटिएकी गिताले आफुले सहकारीबाट ८० हजार निकालेको र त्यस मध्ये पनि किस्ता तिर्न लगायत घरमा खर्च छोडेर आफुले ३० हजार लिएर हिडेको उनले बताईन । श्रीमानले लगाएको आरोप २८ लाख भन्ने झुटो भएको गिताको भनाई छ । आफुले ३० हजार रुपैयाँ चै सहकारीबाट निकालेको ८० हजार मध्येबाट लिएर हिडेको उनले बताएकी छिन ।

अहिले आफू हिडेपछि भने केही पाइन्छ कि भनेर श्रीमानले आरोप लगाएको उनले बताईन ।गिता घरबाट हिडे पछि उनको खोजी गर्दै मिडिया सगैँ गएकी उनकी सौतेनी छोरिलाई भेट्दा आमा छोरी दुबै रोएका थिए । आफू बिबाह गरेर आउदाँ साउताकी छोरी गंगा सानै रहेको र आफुले नै हुर्काएकोले आफुलाई सौताकी छोरी जस्तो पनि नलाग्ने गरेको गिता बताउँछिन ।

आफुले कहिल्यै पनि आफुले जन्माएका छोराछोरी र गंगालाई नछुट्टाएको उनले बताईन । आफुलाई माया सबैको उत्तिकै भएको गंगा बताउँछिन । आफुले जन्म नदिएता पनि हुर्काउन धेरै दुख गरेको उनले बताईन ।

यता छोरी गंगाले पनि आमले छोडेर गए पछि मात्र आफुलाई गिता सौतेनी आमा भएको थाहा भएको बताई । आफुले थाहा पाउँदा आमाको रुपमा गितालाई नै पाएको भन्दै आफुलाई अर्कै आमाले जन्म दिएको भने अहिले मात्र थाहा पाएको गंगाके बताईन । अब अहिले गिताले अर्कै सगँ बिबाह गरेको कारण जति नै माया भएता पनि घर नजाने भएता पनि आफुले कहिल्यै नबिर्सिने उनले बताईन । आफू आमालाई भेट्न बेला बेला आउने पनि गंगाले रुदै बताईन ।

गिताले भने छोराछोरीको माया त धेरै लाग्ने तर श्रीमान तथा उस्को परिवारले आफुलाई त्यहा राम्रोसगँ बस्न सक्ने स्थिति नबनाएकोले आफू हिड्नु परेको बताईन । गिता छोरी गंगालाई देख्ने बित्तिकै रुन थालेकी थिइन । अहिके गिताका श्रीमानले घर बोलाएता पनि गिताले भने उनिहरुले मेरो मायाले बोलाएको नभै आफुले त्यहाँ बसेर गरेको काम र परिश्रमको लोभले बोलाएको बताईन ।

 त्यसैले अब आफू नजाने पनि उनले बताईन । तर छोराछोरीलाई भने भेट्ने उनले बताएकी छिन । उनका श्रीमानले २८ लाख पैसा लिएर हिडेको भनी गितालाई आरोप लगाएका छन ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post