सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवे’शमा रो’क लगाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रो’क लगाएको हो ।

एक मन्त्रीका अनुसार उनीहरुलाई शुक्रबार रा’ति १२ बजेदेखि नेपाल प्रवे’शको अनु’मति नदि’ने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनि’वार्य क्वा’रेन्टिनमा बस्नुपर्नेछ ।
ती देशमा को’रोना भा’इरसको नयाँ भे’रियन्ट भे’टिएकाले नेपाल प्रवेशमा क’डाइ गरिएको हो । सं’क्रमणको जो’खिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदि’ने निर्णय भएको एक मन्त्रीले बताए । –