अमेरिका हिँडेका श्रीमानको बाटैमा ज्या’न गयो , ला’श कुरिरहेकी श्रीमती भन्छिन ‘अन्तिम पटक श्रीमानको मुख हेर्ने धोको छ’


अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृ’त्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको श’व ६ दिन बितिसक्दा पनि त्यहीँकै अस्पतालमा अलपत्र छ।

गैरकानुनी रूपमा अमेरिका हिँडेका बाफीकोट गाउँपालिका ३ का बोहोरा मलेरियाबाट ग्रसित भएपछि उनलाई ऐजेन्टले एयरपोर्टमै अ’लपत्र छोडेका थिए। त्यहाँका नेपालीले उद्धार गरि अस्पताल पुर्‍याएको करिब एक सातामा रूपकको नि’धन भयो।उनको मृ’त्युको ६ दिन बितिसक्दा पनि श’व कहिले नेपाल आइपुग्छ, त्यसबारे कुनै टुंगो नहुँदा परिवारमा तनाव छन्।

रूपककी २२ वर्षीया श्रीमती गीता पुरी बोहोराले अन्तिम पटक भए पनि श्रीमानको अनुहार हेर्ने चाहना ब्यक्त गरिन्। ‘म अन्तिम पटक उहाँको मुहार हेर्न चाहन्छु र हाम्रै खुसीका लागि उहाँले दुःख कष्ट गर्दै हिँडेका खुट्टा ढोग्न चाहन्छु,’ गीताले सेतोपाटीसँग भनिन्, ‘एउटी नारीको बेदना सम्झेर मेरो श्रीमानको श’व ल्याइदिन सहयोगको याचना गर्दछु।’

अमेरिका सपनाले सम्पत्ति सबै सकिएको भन्दै उनले उनले अब श्रीमानको श’व ल्याउनसक्ने आर्थिक सामर्थ्य आफूसँग नरहेको बताइन्। सरकारले श’व ल्याउन सहयोग गरिदिए वि’क्षिप्त परिवारलाई ठूलो गुण हुने उनले बताइन्। ‘आमा र म सँधै रोएरै बस्छौं र हामी रोएको देखेपछि साना छोरा छोरी पनि रोइरहन्छन्,’ गीताले भनिन्, ‘पैंसाकै लागि भनेर जो’खिम मोलेर यसरी कोही पनि अमेरिका नजाउन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post