यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस

काठमाडौं, साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

आइतबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भइरहेको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post