आयुसा गौतमको जन्म दिनमा इन्द्रेणीमा चल्यो रुवाबासी,ऋण लागेपछि काठमान्डौको घर छाडेर डेराको बास(हेर्नुहोस कुराकनी


इन्द्रेणीकि बाल गायिका आयुसा गौतमको जन्म दिनमा इन्द्रेणीमा रुवाबासी चलेको छ।१० बर्ष लाग्दै गरेकी अदभुत कलाले भरिएकी काभ्रेकी बाल गायिका आयुसा गौतमको जन्म दिनमा आम नेपालीले सम्मान गरिरहेको 

अबस्थामा उनको बाबा भक्कानिएर रोएका थिए।सबैले उनलाई शुभकामना दिदै इन्द्रेणीमा आएका देश बिदेशमा रहेका नेपालीले भेटेरै शुभकामना दिएपछि उनको बाबा लेखनाथ गौतम भक्कनिएका थिए।

केहि महिना अगाडी आयुसा गौतमको परिवारले गठ्ठटारमा रहेको घर छाडेर डेरामा बस्न थालेका थिए।उनीहरु अहिले डेरामा बस्दै आएका छन,अन्तरबार्ताकै क्रममा आयुसाको ममीले आफुहरु ऋण लागेकै कारण घर छाड्न परेको बताएकी हुन्।स परिवारको एउटा मात्रै घर भएको र एक जनाको भागमानै २० लाख ऋण पर्ने भएको कारण घर छाड्न परेको उनको भनाइ थियो।

आयुसाको मात्र नभएर सिंगो परिवारको जिम्मेवारी बोकेको भन्दै उनको बाबाले जसरीपनि दुख गरेर परिवार पाल्ने तर ऋण लाग्यो भनेर न आत्तिने बताएका थिए।सबैजसो कलाकारले यो बेलामा अयुसालाइ शुभकामना दिदै गर्दा आयुसको बाबा भक्कानिएका थिए।देशभरबाट उनलाई शुभकामनाको उहिरो लागेको छ।

काभ्रेको अति बिकट ठाउँ कोशिपारिमा जन्मिएकी आयुसा सानै देखि राजधानी बस्दै आएकी हुन्।परिवारमा उनि संगै अर्की एक दिदि छिन।दुवै पढाइमा निकै अगाडी छन सोहि कारण पनि इन्द्रेणीले आयुसाको पढाइको सम्पूर्ण खर्च बेहोरेको छ।हाल सम्म आयुसाले पढ्न इन्द्रेणीकै सपोर्ट पाईरहेकी छिन।

कृष्ण कंडेलले पनि आयुसाले भोलि इन्द्रेणी हाक्ने भन्दै इन्द्रेणीको आगामी सबै जिम्मा आयुसाले पनि लिन पर्ने बताएका थिए।नया पिडिले इन्द्रेणी सम्हाल्न पर्ने र आयुसाको पुस्ताले पनि इन्द्रेणी हाक्नेमा आफु ढुक्क रहेको कुराकानीको क्रममा बताएका छन।हेरौ आयुसाको परिवार संग गरिएको 

यो बिशेष कुराकानी :

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post