अत्तरियाको ‘बदनाम गल्ली’मा च;र्तिकला, ग्राहकसँग स'म्बन्ध राखेको पैसा नदिएपछि बाहिरियो यस्तो घ'टना


धनगढीः कैलालीको अत्तरियाबाट यौन व्यवसायमा संलग्न रहेको भन्दै होटल सञ्चालकसहित महिलालाई पक्राउ गरिएको छ। पहाड रोडस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै रहेको एक होटलका सञ्चालकले महिलालाई जबरजस्ती यौन व्यवसाय गर्न लगाएको आरोप लागेको छ। होटलमा आएका ग्राहकसँग बस्न रक्सी खुवाएर कोठाभित्र थुनेपछि ती महिलाले नै विरोध गरेकी थिइन्। त्यसपछि मात्रै उक्त घटना बाहिर आएको हो।

शुक्रबार ग्राहकसँग यौन सम्बन्ध राखेको पैसा होटल सञ्चालकले नदिएपछि ती महिलाले त्यसको सडकमै निस्केर बिरोध गरेकी छन्। दैनिक दर्जनौ ग्राहकसँग यौन सम्बन्ध राख्न लगाउने होटल सञ्चालकले आफूलाई रक्सी खुवाएर यौन सम्बन्ध राखेको पैसा नदिएको भन्दै होटल सञ्चालक र महिलाबीच कुटाकुट समेत भएको थियो। उक्त विषयमा लामो समय विवाद भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीले होटल सञ्चालक र महिला गरी दुवै जनालाई पक्राउ गरेको छ।

बदनाम गल्लीमा सधै उस्तै

विगत एक वर्षदेखि सो स्थानमा निर्माण गरिएका ६ वटा सटरभित्र नियमित रुपमा यौन व्यवसाय चल्दै आएको स्थानीले बताएका छन्। सटरमा मदिरा राखी महिलाका लागि छुट्ट–छुट्टै कोठा बनाएर होटलभित्र आउने ग्राहकलाई यौन क्रियाकलापमा संलग्न गर्ने गरेको स्थानीय धर्मदेव मल्लले बताए। होटल व्यवसाय भन्दा यौन व्यवसायका लागि उक्त स्थानमा खोलिएका ६ वटा सटरका कारण कतिपय स्थानीयले सो क्षेत्रलाई ‘बदनाम गल्ली’का रुपमा चिन्ने गरेका छन्। ‘यो गल्लीभित्र विगत एक वर्षदेखि यौन व्यवसाय हुँदै आएको छ’ मल्लले भने।

होटल सञ्चालकहरुले दुई दर्जनभन्दा बढी महिलाहरुलाई यौन क्रियाकलापका लागि परिचालित गरेको समेत स्थानीयले बताएका छन्। होटल सञ्चालक र महिला यौनकर्मीका कारण सो गल्ली भएर आवतजावत गर्नै समस्या भइरहेको अर्का स्थानीय विष्णुदत्त पाण्डेयले बताए।

शुक्रबार होटल सञ्चालक र ती महिलाबीच भएको चर्तिकला सधै भइरहने नजिकै होटल व्यवसाय गर्दै आएकी पशुपति बटालाले बताइन्। स्थानीयले उक्त गल्लीभित्र भइरहेको यौन व्यवसाय तत्काल नहटाए प्रहरीविरुद्ध समेत आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post