आहा !चाइनिज ज्वाईं आए श्रीमती लिएर ससुराली,अर्कै देशमा छोरी पठाउनु पर्दा आमाबुबा रो ए (भिडियो हेर्नुस्)


सुचना प्राविधिको बिकास भए सगंसगै अहिले आफ्नै देशको टाढा टाढाकाहरु सगँ मात्र नभै अन्य देशमा रहेकाहरुँसग पनि हामी सजिलै कुराकानी गर्न सक्छौ ।

कुराकानी गर्दै जादाँ एक अर्कामा प्रेम सम्बन्ध भै बैबाहिक सम्बन्धमा पनि परिणत भएको हामिले अहिले थुप्रै पाउने गरेका छौ । एक अर्को देशको भाषा नमिलेता पनि अहिले क्षण भरमा नै एक अर्काको भाषा बुझ्न सकिने एप्सहरुको प्रयोगले हामिलाई जुनसुकै भाषा बुझ्न सजिलो बनाईदिएकोले पनि जुन सुकै भाषा बोल्ने भएता पनि कुरा गर्न सकिन्छ ।

यसरी नै कुराकानी गरि अहिले वैवाहिक सम्बन्धमा बाधिएकी छिन आयुशा बिस्वकर्मा एक चाइनिज युवकसगँ । फेसबुक हुँदै विच्याट मार्फत कुराकानी भएको उनिहरुको सम्बन्ध अहिले बिबाहमा परिणत भएको छ । आयुशाका अनुसार उनिहरु पहिलो पटक फेसबुकमा साथी बनेका थिए ।

एक अर्काको भाषा नबुझेका कारण आफुहरु वि च्याटमा बोल्न थालेको उनी बताउँछिन । जहाँ भाषा परिवर्तन गर्ने सुबिधा उपलब्ध थियो । त्यसै मार्फत उनिहरु बोल्ने गरेका थिए ।

सुरुमा आफुहरु साथी मात्र भएर बोल्दै गएको र पछि चाइनिज ती युवाले नै आफुलाई प्रेम प्रस्ताव राखेको आयुशा बताउँछिन । तर पनि आफुलाई देश, भाषा, संस्कार अलग भएकोले बिबाह होला जस्तो नलागेको उनी बताउँछिन ।

तर माया र बिश्वास भए पछि कुनै पनि कुराले नरोक्ने रहेछ भन्ने बुझेको आयुशा बताउँछिन । अहिले आफुहरु बिबाह गरिसकेको उनले बताईन । पहिले बिबाह नै होला जस्तो नलागेको उनको भनाई छ । तर श्रीमान चाइना बाट आफुलाई बिश्वास गरेर नेपाल आए पछि भने आफुलाई पनि बिश्वास भएको उनको भनाई छ ।

आफ्नो बिस्वास गरेर श्रीमानलाई चाइनाबाट नेपाल पठाउने श्रीमानको बुबा आमालाई पनि आयुशाले धन्यवाद दिइन । अब चाइना जान प्रक्रियाहरु मिलाउनु पर्ने भएकोले केही समय लाग्ने उनको भनाई छ । आफुहरु नेपाली परम्परा अनुसार बिबाह पनि यहि गर्न लागेको आयुशाले जानकारी दिएकी छिन ।

अहिले भने अर्कै देश, भाषा, संकार इत्यादी कुराले केही असर गर्ला कि भन्ने आफुलाई नलागेको उनको भनाई छ । आफुलाई यति बिश्वास गरेर श्रीमान यहाँ आएको भन्दै आफुलाई पनि श्रीमान प्रती पुर्ण बिश्वास लाग्ने गरेको उनले बताईन ।

आयुशाका बाबू आमाले पनि छोराछोरीको खुशी नै बाबू आमाको खुशी हो भन्ने लागेर आफुले उनिहरुको सम्बन्ध स्विकार गरेको बताए । अब नेपाली परम्परा अनुसार यहि मंसिरमा नै उनिहरुको बिबाह गर्ने तयारी भै रहेको आयुशाका बाबुले बताए । 

आफ्नै देशको नजिककोसग नै सम्बन्ध जोड्न पाए हुने भन्ने त सबै बाउ आमालाई हुने गर्दछ तर पनि आफ्नो छोराछोरी जसरी खुशी हुन्छन बाबू आमा त्यसमा नै खुशी हुने उनले बताए । भनेको बेला आउन जान गार्‍हो हुने भएता पनि उनिहरु खुशी रहनु नै बाबुआमाको लागि खुशीको कुरा हुने उनी बताउँछन ।

भिडियो हेर्नुस :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post