६० वर्षीय बृद्धाको ढुंगाले हानेर हत्या गर्ने १९ वर्षीय महेन्द्र समातिए


सार्वजनिक ठाँटीमा बस्दै आएकी ६० वर्षीय बृद्धाको हत्या गरेको आरोपमा प्रहरीले तनहुँबाट एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्त तनहु जिल्ला ब्यास नगरपालिका वडा न ६ एकले गाउ बस्ने १९ वर्षीय महेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अभियुक्त कुमालले आफुलाई सन्तोषको आमा बताउने गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा न ७ सतीघाटकी ६० वर्षीया बृद्धा मनेना कुमालको गत कार्तिक ३० गते राती साढे ११ बजे ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जानाकारी दिएको छ।

प्रहरीका अनुसार, केहि दिनदेखि बुढाको चौतारा नजिकै रहेको सार्वजनिक ठाँटीमा बस्दै आएकी ती बृद्धा मंसीर १ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन्। ठाँटीमा बृद्धा मृत फेला परेको सुचना पाएको प्रहरीले तत्काल घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो। बृद्धाको मृत्यु रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुले गण्डकी प्रदेश इकाई कार्यालय मातहत रहेको तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान गरेको थियो।स्था

नीय बासिन्दा , सामाजिक अभियन्ता ,समाजसेवी र राजनीतिज्ञहरुको सहयोगमा शंकाश्पद व्यक्तिहरुको नामावली संकलन गरेर अनुसन्धान गर्दै जादा शंकाको घेरामा रहेका कुमाल आफुले ती बृद्धाको हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ। घटनास्थलबाट बरामद भएको क्याप टोपीका आधारमा अभियुक्त कुमालसंग सोधपुछ गर्दा हाताको पर्दाफास भएको प्रहरीको दाबी छ।

अभियुक्त कुमालले आफु दिनभर दाइँमा गएर आएको र त्यसपछि नजिकै नाचगान गरेर मादकपदार्थ सेवन गरेर फर्कदै गर्दा ती वृद्धालाई ढुंगाले हानी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। रगत लागेको कपडा उनको घरबाट प्रहरीले बरामद गरिएको पनि

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post