कृतिपुरको भत्केपाटिमा आमा छोरी बस्दै आएका छन् ।आमा निकै बिरामी भएको र छाक टार्न सक्ने चालम र खाध्यान्न पनि नभएको छोरीले बताइन् ।आमालाई ६ महिना देखि प्यारालाइस भएको र अहिले पैसाको अभावले उपचार हुन सकेको छैन ।
छोरी स्मृति पराजुलीको अनुसार उनीहरूको घर कोटेश्वरमा भएतापनी अहिले कृतिपुर बस्दै आएको बताइन् ।आमाको रक्तचाप उच्च रहेको र त्यही रक्तचापले गर्दा उनलाई प्यारालाइस भएको उनले बताइन् । आमाको बोली पनि छैन र हात खुट्टा पनि चल्दैन ।पैसा निकै धेरै लाग्ने भएपछि उपचार गर्नै नसकेर उनलाई घर ल्याउनु परेको थियो ।बुबा पनि बुढा छन् र उनको जागीर पनि अहिले नभएपछि घर चलाउन निकै गाह्रो परेको छ ।
१७ वर्षकि छोरी अहिले आमाको हेरचाह गरेर बसिरहेकि छिन् ।आमाको उपचार गर्न पाए हुन्थ्यो भन्दै सहयोगको अपिल उनी सबैलाई गरिरहेकी छिन्
(हेर्नुहोस भिडियो)