१३ वर्षीया छोरी ग'र्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’


 

प्रहरीले १३ वर्षीया छोरीलाई करणी गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ।यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी करणीमा मुद्दा चलाइएको छ।

प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीय वासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो।

बुवाले नै करणी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

पछिल्ला समय छोरी चेली, बालिकाहरु आफ्नै घरका पुरुषहरुको शिकार हुन थालेका धेरै घटनाहरु बाहिर आइरहेका छन् । यो कञ्चनपुरको घ'ट'ना एउटा नमुना घ'ट'ना मात्रै हो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post