गाउँ पुगेका नेतालाई गाउँलेले किन बोकाए गाग्रोमा पानी यस्तो छ कारण

मकवानपुर: गाउँमा खानेपानीको समस्या विक’राल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा। तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चिकै सम’स्या रहेछ भन्ने कुरा।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधि समेतलाई आफ्ना समस्याबारे व्यवहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए: पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरु जस्तै हिँडाउने। त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले। उक्त स’मस्या बुझाउन स्थानीयले गो’प्यरुपमा उपाय रचेका थिए। त्यो उपाय सफल भयो।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिवि’कट राक्सिराङ गाउँपालिका-८ स्थित महाङ्काल बस्ती पुगेका विभिन्न दल आवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रह अनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्यो, त्यो पनि ठाडो उकालोमा।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ। महाङ्का’ल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको स’मस्याबाट वर्षौदेखि आक्रा’न्त छ। विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो-ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन्।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए। नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पुर्याए, त्यसपछि उनीहरुको शारीरिक पी’डा द’यालाग्दो देखिएको नेपाल समाचारपत्रमा खबर छ।

हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौँ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतागणलाई भने, ‘यस्तो समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, मा’फ गर्नुहोला।’

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने, ‘तपाईंहरुले यसरी सिर्जनात्मक ढङ्गले आफ्ना आवश्यकता माग गर्नुभएको छ। चालु आर्थिक वर्षमै खानेपानी स’मस्या समाधान गर्नेछौँ। यो हाम्रो प्रतिवद्धता भयो।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post