यिनै हुन् १७ बर्षका ७१ सेमी उचाई रहेका खपाङी, विश्वकै जीवित हाेचामा तेस्राे हुन सक्ने दाबी

यिनै हुन् १७ बर्षका ७१ सेमी उचाई रहेका खपाङी, विश्वकै जीवित हाेचामा तेस्राे हुन सक्ने दाबीसिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी १७ बर्षिय डोरबहादुर खपाङी विश्वकै होचोमध्येका एकजना होचो व्यक्ति भएको दावी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीकाअनुसार खपाङीलाई नागरिकता प्रमाणपत्र दिनेक्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको छ । खपाङीलाई उक्त कार्यालयले बुधबार बंशजको नागरिकता प्रदान गरेको छ । उहाँको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०६१ कात्तिक २९ गते उल्लेख छ ।

दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाइएको मेडिकल रिपोर्टका आधारमा खपाङीलाई नागरिकता प्रमाणपत्र जारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयको नागरिकता फाँटका नायबसुब्बा रबिन्द्र गौतमले भन्नुभयो, ‘पाँच दिनअघि दाजु नरबहादुर खपाङीले डोरबहादुरलाई बोकेर नागरिकता बनाउन ल्याउनुभएको थियो । हामीलाई शङका लागेर उमेर एकिन गरी पठाई दिनु भनी स्वास्थ्य परिक्षण गर्न सिन्धुली अस्पतालमा पठायौं ।’

अस्पतालले दाँत, हड्डी र जनरल फिजिसियन बिषय विज्ञबाट तीन दिन लगाएर स्वास्थ्य परिक्षण गरी उमेर १५ देखि १७ बर्षको बीचको, उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी भएको प्रतिवेदन दिएपछि खपाङी अहिले विश्वकै होचो व्यक्तिको सूचीमा पर्न सक्ने अनुमान लगाइएको उहाँको भनाई छ । नायब सुब्बा गौतमकाअनुसार विश्वकै जीवित होचो व्यक्तिको रुपमा अहिले कोलम्बियाका एडवार्ड निनो हेर्नन्डोजको रेकर्ड छ । उहाँको उचाई ७० दशमलब १ सेन्टिमिटर रहेको छ ।

विकिपिडियाअनुसार जीवित होचामध्ये टाइवानको लिन यू चिनको ६७ दशमलव ५ सेन्टिमिटर उचाई देखाइएको छ । सोअनुसार सिन्धुलीका खपाङी होचोमा तेस्रो स्थानमा पर्ने जीवित पुरुष हुनुभएको छ ।गिनिज बुकका लागि सूचना सङकलन गर्ने काम गर्दै आउनुभएका कन्सल्ट्यान्ट थानेश्वर गुरागाई पनि सिन्धुलीका खपाङी विश्वकै होचो व्यक्तिमध्ये पर्ने बताउनुभयो ।

डोरबहादुरको उचाई कसरी नपिएको हो, सुताएर हो की उभ्याएर’ उहाँले भन्नुभयो, ‘यस बिषयमा थप बुभ्नुपर्ने हुन्छ । उचाई महत्वपूर्ण छ, त्यो पनि १८ बर्ष मुनीको ।’ यसअघि विश्वमा जीवित होचो व्यक्तिका रुपमा दाङका चन्द्रबहादुर डाङ्गीको उचाई २१ दशमलब ५ सेन्टिमिटर थियो । उनको निधन भइसकेको छ ।

स्वास्थ्य परिक्षणकाक्रममा डोरबहादुरको स्वास्थ्य अवस्था ठीक रहेको प्रतिवेदन चिकित्सकले दिएका छन् । दाजु नरबहादुर खपाङ्गीकाअनुसार अहिले डोरबहादुर गाँउकै प्रावि ढुङ्ग्रेमा कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने डोरबहादुर परिवारका चार दाजुभाइ र तीन दिदिबहिनीमध्ये सबैभन्दा कान्छा सन्तान भएको बताए । बुवा टक्करबहादुर खपाङगी र आमा रणमाया खपाङगीको सन्तान हुन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post