श्रीमान दुवईमा, नेपालमा कोठामा भेटियो श्रीमतीको श'व (rip)लेखेर सेयर गरौ

काठमाडौ । आजभोली महिलाहरुको रहस्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको शव कोठाभित्र फेला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । 

आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको शव फेला परेको हो । ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ त फेला परेकी हुन् । उनी सलमा झु ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घटनास्थल र शवको प्रकृति संकास्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीलाई अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post