भीरबाट बोलेरो खस्दा एकै परिवारका ३ जनाको नि’धन


काठमाडौं – काठमाडौंबाट ओखलढुङ्गा तर्फ जादै गरेको बोलेरो दु’र्घटनामा परि ग’म्भिर घा’इते बालकलाई काठमाडौं ल्याइएको छ । बिहिवार विहान काठमाण्डौंवाट ओखलढुङ्गाको खिजीफलाटे तर्फ हिडेकोे प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थलीस्थित् बोक्सेको भिरबाट ख’सेको थियो ।

जिप सडकवाट करिव ५ सय मिटर तल भिरमा ख’सेर क्ष’तविक्ष’त अवस्थामा रहेको छ । उक्त दु’र्घटनामा परि एक महिला सहित तीन जनाको मृ’त्यु भएको छ ।

जिप दु’र्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजीफलाटे गाउँपालिका वडा नं–१ का एकै घर परिवारका चालक लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको घ’टनास्थलमा नै ज्यान गएको छ ।

दु’र्घटनामा ग’म्भिर घा’इते १२ वर्षीय बालक दावा शेर्पालाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लागिएको घ’टना स्थालबाट रामेछाप सहयोगी मन (रासम) का सदस्य बिपिन भट्टराईले जानकारी दिए ।उनका अनुसार दु’र्घटनामा परि ग’म्भिर घाइते भएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका घर भएका पेम्बा शेर्पाको टाउकोमा ठाउँ-ठाउँमा ग’म्भिर चो’ट लागेका कारण उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको हो ।

उनलाई मन्थली नगरपालिकाको एम्बुलेन्समा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रतिनिधिको साथमा काठमाडौं पठाइएको छ । बोलेरो के कारणले दु’र्घटना भएको खुलेको छैन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post