एमसीसी वि’रुद्ध प्रदर्शन गर्दा ज्ञानेन्द्र शाही घा’इते, ट्र’मासेन्टरमा उपचार हुँदै


एमसीसीवि’रुद्ध प्रदर्शन गर्दा हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाही घाइते भएका छन् । काठमाडौंको नयाँ बा’नेश्वरमा एमससीको वि’रोध गर्दै गर्दा प्रदर्शनको क्रममा शाही घाइते भएका हुन् ।

प्रद’र्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारवि’रुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । उक्त प्रद’र्शनमा ‘एमसीसी खारेज गर’, ‘विदेशी हस्तक्षप मुर्दा’वाद’ जस्ता नाराहरु लगाइएका छन् । हेमराज थापा ,ज्ञानेन्द्र शाहि, सोम शर्मा, राजेन्द्र ताम्राकार , अर्जुन पौडेल, नगेन्द्र देउजा, पुण्य गौतम आदि युवाहरु घा’इते भएका छन् । उक्त प्रद’र्शनमा घाइते भएका ज्ञानेन्द्र शाहीको ट्र’मासेन्टरमा उपचार भई रहेको जानकारी दिइएको छ ।

एमसीसीविरुद्ध दैनिक प्रदर्शन भइरहेका छन् । धेरै युवाहरु प’क्राउ पनि परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमारको चार दिनका लागि विहिबार नेपाल आगमन भएको छ । उनले विभिन्न नेताहरुसँग भे’टवार्ता गरि रहेकी छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post