जब एमाले सांसद काँध चढेर रोष्टम पुग्न खोजे…(भिडिओ)

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठक चलाएका छन्।

आजको बैठक सुरू हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरूद्ध गरेका थिए। पहिलो पटक सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि रोकेका थिए।

दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी जारी राखे। उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले बैठक अघि बढाए।

केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा पेस गर्न सभामुख सापकोटा अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए। एमाले सांसदको नाराबाजीबीच संसदको बहुमतले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो।

त्यसपछि बस्ने बैठकमा सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यसूची थियो। मतलब शेरबहादुर देउवा सरकारले ओलीले ल्याएको बजेट परिमार्जन गरेको थियो।

तेस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदले फेरि नाराबाजी गर्न थाले। उनीहरूको नाराबाजीबीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पढिरहे।

सुरूमा नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई मर्यादापालकले रोकिरहेका थिए। केहीबेरपछि सांसदहरूले आफ्ना साथीलाई उठाएर काँध चढाए। उनीहरूले काँध चढेरै रोष्टमसम्म पुग्न प्रयास गरेको देखिन्थ्यो। तर मर्यादापालकले उनीहरूको प्रयास सफल हुन दिएनन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post