दोहोरी कै बिचमा टीका सानु र कल्पना दाहालको भयो यस्तो झ गडा,ऋषि धमला भने छमछम नाचिरहे (भिडियो हेर्नुस्)


नेपाली लोक दोहोरी जगत निकै पहिले देखि फस्टाउदै र रुचाउदै आइएको छ ।विषेश गरेर नेपाली भाका मनपराउने दर्शकले दोहोरी छुटाउनै चाहादैनन् ।लोक दोहोरी भन्ने बित्तिकै अर्कै किसिमको भाव उत्पन्न हुने पाइएको छ।दोहोरी क्षेत्रमा धेरै कलाकारले संघर्ष गर्दै आएर बल्ल दोहोरीले एउटा बाटो पाएको छ ।

पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

यस्तैमा भ्रखरै गायिका टीका सानु र कल्पना दाहालको निकै रमाइलो दोहोरी भएको छ । जसमा टीका र कल्पनाले दोहोरीमै झ गडा गरेको जस्तो कलापुर्ण ढङ्गमा दोहोरी प्रस्तुत गरेका थिए ।भाका मिलाएर गाइएको त्यस दोहोरीमा दुबैले रमाइलो ढङ्गमा एक अर्कालाई पस्किएका थिए ।

त्यस् दोहोरीमा अतिथिको रुपमा आएका चर्चित पत्रकार ऋषि धमलाले ननाची बस्नै सकेनन्।पत्रकार धमलाले छमछम नाचेर माहोल निकै रमाइलो बनाए ।साथै धमलाले लोक भाका र दोहोरीले संस्कृति जोगाइराखेको यसको जगेडा गर्न अफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बाचा समेत गरे ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post