बाल गायिका जिया भुषालको गीतमा इन्द्रेणीका कृष्ण कंडेल दम्पतीको अभिनय (हेर्नुस् भिडियो)

‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल,

लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो ।

वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो ।

संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको र सबैजना पूर्ण सहयोग गर्नु भएकोमा सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद पनि दिनुभयो साथै सम्पूर्ण दर्शक श्रोताले हाम्रो प्रस्तुतिलाई साथ र सहयोग गर्नु हुन्छ भन्ने विश्वास रहेको कुर पनी बताउनु भयो ।

भिडियोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सय्चालक सञ्चारकर्मी कृष्ण कंडेल, प्रतिमा कंडेल, बाल गायिका जिया भुषाललाई फिचर्ड गरिएको छ ।भिडियोलाई म्युजिक भिडियो निर्देशक शशान कंडेलले निर्देशन गरेका छन भने दिपक गिरीको छांयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई एम एन एस् म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post