घटनास्थलमा १५ तोला सुन, तीन लाख नगद र मोबाइल सेट फेला


 सङ्खुवासभाको मादी नगरपालिका वडा न। १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको

 जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक ९डिएसपी० लालध्वज सुवेदी ले जानकारी दिनुभयो । मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी लालध्वज सुवेदीको टोली त्यस्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा १५ तोला सुन सहित ३ लाख रुपैँया रकम फेला परेको ९डिएसपी० सुवेदीले बताउनुभयो ।

आइतबार राती भएको एकै परिवारका छ जनाको हत्यामा संलग्न अपराधी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइ अनुसन्धानमा निरन्तर लागिरहेको जनाइएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट बेलुकीपख कुकुरले सर्च गर्ने क्रममा एक थान फोन समेत फेला परेको प्रहरी नायव उपरिक्षक ९डिएसपी० सुवेदीको भनाई छ ।

उहाँका अनुसार मंङ्गलबार विहान घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरिक्षक ९डिएपी० रुकमबहादुर कुँवरको कमान्डम रहेको टोली घटना स्थल पुगेर अनुसन्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थलबाट उक्त सामानहरु फेला फेला परेको जनाइएको छ । सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ ।

मादी नगरपालिका वडा न। १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता कार्कीे त्यस्तै छोरा ५२ वर्षिय तेज बहादुर कार्की, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की बारीमा सोमबार एकै दिन मृत अवस्थामा फेला परेका थिए । शवलाई मंगलबारनै पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ ।

अनुसन्धानका क्रममा मृतक तेजबहादुर कार्कीको धारिलो हतियार प्रयोग गरि हत्या भएको र अन्यको रड प्रहार गरि हत्या भएकोे खुलेको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिनुभयो । मृतक सवैको टाउको र शरीर भर चोट रहेको जनाइएको छ । उक्त घटनाबाट ८५ वर्षिय बौदमान कार्की बाँच्नु भएको छ । प्रहरीले लिएको जानकारी अनुसार बौदमान कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने भएकाले घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ ।

उक्त घटनामा संलग्नता दोशीको खोजी कार्य जारी रहेको र अपराधी पत्ता लगाएर चाँडै कारबाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धानमा लागि परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । घटनाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post