संखुवासभामा ६ जना सामुहिक ह’त्याको नयाँ रहस्य भेटियो, प्रत्यक्षदर्शीले रुदै भने : पापीले साना छोरा छोरीलाई पनि छाडेन

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक ह’त्या ग’रिएका ६ जनाको शव पो ष्टमा र्टमका लागि धरान पठाइएको छ। घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पो’ष्टमा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।

घटनास्थलमा अहिले संघीय प्रहरी इकाई धरानबाट एसपी भीम दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि डीएसपी रुगम कुँवरको नेतृत्वमा एउटा टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदैछ।

तालिमप्राप्त कुकुर र फरेन्सिक टोली सोमबार साँझ नै घटनास्थल पुगेको थियो। आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको ह’त्या भ’ए’को छ ।

तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खो ल्सामा फेला परेको थियो। रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको थियो।

तेजबहादुरका दुवै छोरा विदेशमा छन्। जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन्। कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन्। जेठा रमेशका भने श्रीमती र छोराछोरीको पनि ह’त्या भ’ए’को हो। लाशको प्रकृति हेर्दा ल’खेटि ल’खेटि ह’त्या ग’रे’को प्रहरीको अनुमान छ।

कान ननुन्ने र आँखा धमिलो देख्ने ९० वर्षीय बौद्धमान बाहेक घरका सबैको ह’त्या भएको हो । उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमाको शव अलग–अलग ठाउँमा भेटिएको थियो ।

घरमा भएका ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जोगिएका छन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ। उनको शव घरभित्रै फेला परेको थियो। ५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको थियो। तेजबहादुरका छोरा रमेश र नरेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । घटनापछि एकजना काठमाडौं आइपुगेको बताइएको छ । मृत्यु भएकी रन्जना रमेशकी श्रीमती हुन् । नरेशकी श्रीमती झापामा बस्दै आएको बताइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post