दोहोरी च्याम्पियनमा रुवाबासी: गायिका कल्पना दाहाल र प्रदिप रोकाको टिम बाहिरियो


लोकप्रिय रियालिटी सो दोहोरी च्याम्पियनबाट गायिका कल्पना दाहाल र प्रदिप रोकाको टिम बाहिरिएको छ।

सबैको आसाको बिन्दु बनेका प्रदिप र कल्पनाको टिम बाहिरिए संगै यो बेला दर्शकको समेत गालि कमेन्टमा देखिन्छ।टप ८ को लागि लडेको यो टिम बाहिरिए संगै दोहोरी च्याम्पियनमा फरक मत देखा पर्न थालेको छ।

दर्शकले आस गरेको टिमनै बाहिरिएको भन्दै केहिले त् कमेन्टमा ‘दोहोरी च्याम्पियन अब हेरिन्न’ समेत भनेका छन भने कहिले भोटकै कारण राम्रो टिम बाहिरियो भनेर कमेन्ट गरेका छन।

काठ क्षेत्रबाट दुइ टिम मात्र लडेको थियो दोहोरी च्याम्पियनमा तर दुवै टिम संगै परेपछि दर्शकले कुन टिमलाइ आउट गर्लान भनेर निर्णायक समेत सोचिरहेका थिए।दुवै टिम बराबरी भएर अघिल्लो हप्ता भोटिङ्ग राउण्डमा गएको थियो।मिना नेपाल र राजेन्द्र पाठकको टिम भने अर्को राउण्डको लागि इन्ट्री भएको छ।धेरै फ्यान भएको टिम भने कल्पनाकीर रहेको कारण दर्शकको भोट आउने आस कल्पनाको टिममा रहेको थियो।

उता गायक प्रदिप रोकाले पनि कार्यक्रमले राजनीति गरेको भन्दै आपति व्यक्त गरेका छन भने कल्पनाको पनि कार्यक्रम प्रति आपति देखिएको छ।आफुहरुको टिम जित्ने पक्का हुदा हुदै आउट गर्ने राजनीति भएको भन्दै दुबैले आपति व्यक्त गरेका छन।

प्रदिप रोकाले लेखेका छन फेसबुकमा:

आज आउने दोहोरी च्याम्पियनको नतिजा ८:५० सम्म कुर्न पर्दैन है हामीलाई माया गर्ने,साथ दिने दर्शक भगवानलाई धेरै कुराउन चाहादैनौ है 

शिक्षक,सधै शिक्षक नै हुन्छ तर तेहि मास्टरशिकले पढाएको बिद्यार्थी पाइलट बन्छ म यो भनाइमा अनुशरण गर्दै नेपाली लोक दोहोरी क्षेत्रमा अब त्यो पाइलट आउन आवश्यक छ हरेक भेग,हरेक पहिचान,हरेक कला क्षमतालाई अझै माथी माथी पुराएर गन्तव्य भेटाउन पर्ने छ 

होइन भने यहि धरातलमा रहेर यहि सोच बोकेर,यहि सामन्त प्रथा चलिरह्यो भने अझै साघुरो हुदै जाने छ अब कुर्सिमा बस्ने टाउकेहरु होइन माइक समाएर भविस्य बनाइ रहेकाले माइक समाएर भविस्य खोज्नेको नेतृत्व गर्नु पर्यो।

लोक दोहोरी क्षेत्र आफैमा स्वतन्त्र र पारदर्शी छ यसमा राजनीति नआओस खबर!हरेक प्रतिस्पर्धामा हार र जित सुनिश्चित छ तर भेगिए रुपमा हैन नाताबादमा हैन समानन्तर रुप चाहियो अब।

हामी बिशुद्द लोक दोहोरी कलाकार भएर बाच्न चाहान्छौ भेग त हाम्रो धरातल मात्र हो।खेलको नीति हारमै परिणत भएता पनि मेरो मान्छेको जित भएको छ तर आपत यसैमा छ 

जो आज भारी मतले बिजयी हुनु भाको छ आगामी दिनमा यसको दोब्बर मत हामी दिलाउने छौ तर त्यो मत को उच्च कदर र पारदर्शि हुन पर्छ। विशेष गरि जो जहाबाट हामीलाई सक्दो माया र साथ दिनु भो, भोट गर्नु भो यहाँहरुको साथ पाउँदा पाउदै पनि मलाइ अघि बढ्न दिएनन् म यहाहरुप्रती माफी चाहान्छु।

यहाँहरुलाई हृदय देखि धन्यवाद यहाहरुको माया साथ यो हौसलालाई सदा शिरोपर गर्ने छौ धन्यवाद 

(नोट):हामी खेलको नियम अवस्य पालना गर्ने छौ,तर हामिलाइ हाम्रो दर्शकले दिनु भएको भोट पारदर्शि रुपमा हेर्न चाहान्छौ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post