मनमा अलिकति पनि दया माया छ भने कृपया पुरा पढेर शेयर गरीदिनु होला ।


गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिनुभयो ।

दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post