लाखौं पैसा खाएर सिंगो बस्ती नै डुबाएर महिला फरार, पीडितहरुको यस्तो बिचल्ली (भिडियो हेर्नुस्)


सामान्यतया एउटै गाउमा बसोबास गरे पछि छरछिमेकी सग सार्‍हो गाह्रो पर्दा सर सहयोग लिएर आफ्नो समस्या टार्ने गरिन्छ, यसरी नै समाजमा बसिन्छ । तर कतिपयले भने झुटो समस्या देखाएर सहयोग माग्दै आफ्नो दुनो सोझ्याएर हिड्ने गरेका पनि छन ठाउँ ठाँउमा । त्यस्तै घट्ना अहिले घटेको छ । पीडितहरुको बिचल्नि बनाएर एक महिला फरार भएकी छिन । उनी सम्पर्क बिहिन भए पछि पीडितहरु मिडियामा आएका छन ।

उर्लाबारीकि रिंकु लिम्बू नाम गरेकी दुई छोरा कि आमा एक महिलेला आफ्नै छरछिमेकीहरुसँग अनेकौ समस्या देखाएर लाखौ रुपैयाँ कुम्ल्याएर अहिले बेपत्ता छिन । उनले आफ्ना छिमेकीहरु छ जना महिला र एक जना पुरुषबाट छ लाख भन्दा बढी रुपैयाँ विभिन्न समस्या देखाएर केही दिन, केही महिनाका लागि भन्दै सापटी लिएर कसैलाइ थाहा नदिइ बसोबास गरेको ठाउँ छोडेर सम्पर्क बिहिन छिन ।

रिंकुले एकै आगन भएर बस्ने अमृता राईको एक लाख रुपैयाँ किस्ता तिर्नको लागि भन्दै लिएको पिडित अमृताले बताइन । पैसा माग्न आउदा किस्ता तिर्न अभर परेको नतिरेमा आएर घर बाटै सरसामान लिएर जान्छ संस्थाले भन्दै रोइ कराइ गरिन तर अहिले हामिलाइ नै बिचल्नी बनाएर थाहै नपाइ हिडिन, पिडित महिला अमृताले भनिन । त्यस्तै ब्यथा सबिना शाक्यको पनि छ । सबिना गाउँमै सनोतिनो पसल चलाउथिन । फरार रिंकुले सम्पुर्ण घरायसी सामान सबिनाकै पसलबाट लाने गर्थिन । सबिनाको पसलको बाकी तीस हजार भन्दा धेरै छ रिंकुलाइ ।

त्यति मात्र हैन सबिनाबाट छोराछोरीको दुई वर्ष देखिको स्कुलको फि तिर्न बाकी रहेको, नतिरे परिक्षा दिन रोकिने भन्दै अन्य पैसा पनि मागेकी थिइन । सबिनाले उनलाई अन्य एक लाख रुपैयाँ पनि दिइन, रिंकी त्यो सब लिएर फरार भइन । त्यस्तै उर्लाबारीकै अर्कि छिमेकी मनु लिम्बूले पनि उनलाइ आफ्नी नन्दको सत्तरी हजार रुपैयाँ दिलाइ दिएकी थिइन । अहिले पैसा लिएको दुई वर्ष भन्दा धेरै भयो । त्यही हुदा त रिर्छ भन्ने थियो तर अहिले उनी फरार भए पछि नन्द सगँ सोही कुरामा झगडा भएको पिडित मनु बताउछिन ।

रिंकुले अर्कि छिमेकी भुमिका भण्डारि मार्फत सुन पसलबाट बिना धितो भुमिका कै नामबाट तीस हजार रुपैयाँ झिक्न लाएर लिएकी थिइन, साथै भुमिका बाट आठ हजार नगद पनि लिएकी थिइन । अहिले उक्त सुन पसलमा आफुले ब्याज सहित पचास हजार भन्दा धेरै तिरिसकेको पिडित भुमिका बताउछिन । यस्तै अर्कि छिमेकी यसोदा शाक्यकी सासूबाट पनि रिंकुले नगद एक लाख केही दिनलाई भन्दै लिएर गएको यसोदा बताउछिन ।

त्यति मात्र होइन रिंकुले अर्कि छिमेकी महिला अम्बिका खड्काकी सासूबाट तीन वर्ष अगाडि नगद एक लाख र त्यो भन्दा अगाडि पनि साठी हजार भन्दा धेरै लिएकी थिइन । अम्बिका कि सासू अहिले मुटु रोगबाट पिडित छिन । उनी अस्पताल भर्ना भएकी छिन । अम्बिका भन्छीन अलि अलि भएको पैसा सबै लिएर फरार भए पछि अहिले उपचार गर्न पनि पैसा अभावले गाह्रो भएको छ । यो अवस्थामा पुरै एकै छोटि नसके पनि अलिअली गर्दै दिए नि धेरै राहत हुने थियो 

त्यस्तै अर्का पीडित पुरुष छन भरत राजवंशी । उनी घर बनाउदै थिए । सोही समयमा आएर रिंकुले आफुलाइ बिस/ तिस हजारको तत्काल आवश्यक परेको र केही दिनमै फिर्ता दिने भन्दै मागिन । भरत आफू बिदेशमा हुदा आफ्नो घर परिवारमा पनि रिंकुले सहयोग गरेको हुनाले उनलाइ बिश्वास गरेर रिंकुलाइ बीस हजार रुपैयाँ दिएका थिए । रिंकु अहिले कसैको सम्पर्कमा छैनन । उनले संस्थाबाट पनि लिएको र उनले आफू बस्ने ठाउँ छोडेर गए पछि संस्था बाट मान्छे आएर उनको सामान जफत गरी लगेको पीडितहरुले बताए । त्यहा भएको सामान भन्दा धेरै रिन भएकोले रिंकुले त्यसको खासै चासो नगरेको उनिहरुको बुझाइ छ ।

रिंकुका श्रीमान भने बिदेशमा बस्थे तर पनि रिंकु रिन माग्न जादा उनका श्रीमानले पनि अहिले दिदै गर्नु म केही महिनामै पठाइदिन्छु भन्ने गरेको पीडितहरु बताउछन । सगैको छिमेकी समस्या परो भन्दै रुदै पैसा माग्न आउथिन त्यही बिश्वास गरेर आफुहरुले दिएको पीडितहरु बताउछन । उनिहरुसगँ अहिले प्रमाण पुग्ने केही कागज छैन । केही दिनलाइ त हो कागज गर्नु पर्दैन भन्दै कागज गर्न रिंकुले अस्विकार गर्ने गरेको पिडितहरु बताउछन ।

अहिले रिंकुका श्रीमान पनि बिदेशबाट आएको र वर्दिवासको माझी गाउँ भन्ने ठाउँमा बस्छन भन्ने आफुहरुले सुनेको उनिहरु बताउछन ।

(तल भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post