श्रीमानले आफ्नै भाउजु भगाएपछी उल्टै तैंले मेरो जीन्दगी बरबाद बनाइस् भन्छन् भन्दै श्रीमती गहभरी आशु बनाउदै


श्रीमानले पटक पटक गल्ती गर्दा पनि उनले माफी दिइन् । उनले गाउँकै भाउजु नाता पर्नेलाई घरमा लिएर आए । समाज बस्यो । ९ दिन सम्म उनै भाउजुसंग बसेका श्रीमानले भाउजुलाई ६५ हजार रुपैया दिएर पठाए । गाउँका स्थानिय भेला भएर यस्ता श्रीमानलाई किन सहेर बस्छेस् भन्दा उनले नै श्रीमानकै साथ दिइन् । तर उनको ब्यवहार फेरिएन ।

उनी अहिले विदेशमा छन् । तर अहिले पनि उनी राम्रो शब्दले पनि बोल्दैनन् । श्रीमानले नै उल्टै तैंले मेरो जीन्दगी बरबाद बनाइस् भन्छन् । १५ वर्षमा विवाह भएको उनले बताइन् । १६ वर्षको उमेरमा नै उनले छोरालाई जन्मदिइन् । एक दिन त सुधिएलान् भन्ने लागेको थियो । फोनवाट कुराकानी हुँदै गर्दा उनीहरुबीच प्रेम भएको थियो । गाउँमा हुँदा पनि उनले अन्य युवतीको पछि लागेर दुख दिँदा गाउँपालिकामा जनप्रतिनिधिले मिलाएर पठाएका थिए । तर उनले बानी सुधारेनन् ।

अहिले उनले विदेशमा अर्की युवतीसंग विवाह गरिसकेको आफुले थाहा पाएको बताएकी छन् । फोन गर्दा सुन्नै नसकिने गाली गर्छन । दुई पटक अर्की ल्याएका श्रीमानलाई आफ्नो बनाएकी थिएँ । तर अझै पनि उनी आफुसंग बस्नै चाहन्नन् भने आफ्नो र छोराको भविष्यमा दुख नपाउने गरी न्याय दिलाइदिन उनले आग्रह गरेकी छन् ।

अहिले त छोरा पनि ठूलो भइसकेका छन् । छोराले मेरो बुवा खै भनेर सोध्दा मन भक्कानिएर आउँछ । श्रीमानलाई भारतवाट झिकाएर अगाडीको वाटो सजिलो बनाउने बातावरण बनाउन चाहन्छु, उनले भनिन् । मसंग खुसी नभएको मान्छेलाई आफ्नो बनाउन सकिने रहेनछ, विवाह गरेको चार वर्ष उहाँकै प्रतिक्षामा बसेँ अब भने खुसी हुनेगरी विदावारी भएर आफ्नो वाटो लाग्ने बातावरण बनाइदिनुस्, उनले रुँद्रै भनिन् 

हेर्नुहोस भिडियो 


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post