बिनिता कुमालको जस्तै बिजोक ,भोकले यसरी लड्न थाले ,कठै (हेर्नुस् भिडियो )

बाग्लुङ जिल्लाको गुवालेश्वर भन्ने ठाउमा एउटा परिवार रहन्छ जुन परिवार अहिले यतिबेला बिचल्ली अवस्थामा छ ।छोराछोरी आमा श्रीमती सबैलाई आफै हेर्दै आएका श्रिमानको नै हात भाचिएपछि कमाएर ल्याउने कोहि पनि नहुदा अहिले यो परिवारले निकै कष्टकर जीवन बेथित गरिरहेको छ ।

उक्त परिवार चामल,नुन,तेल माग्न गाउगाउ जान्छ तर सधै एउटै गाउमा गइरहदा कमाएर खान सक्नेले किन माग्ने भन्दै तथानाम गालि पनि गर्छन् ।गालि सहेरै भएपनि छोराछोरीलाई भोकै राख्न नसक्ने बाध्यात्मक अवस्थासगै उनिहरुले यसरी नै आफ्नो जीवन बेथित गरिरहेका छन् ।

अहिले उक्त परिवारले राम्रोसग खानानै नखाएको हप्तौ भयो ।छोराछोरी भोकले जा बस्यो त्यहि निदाउन थाले ।सो घरमा छ भन्ने बिल्कुलै केही पनि रहेनछ ।एकदमै ठूलो परिवार अनि आर्थिक अवस्था पनि निकै नै कमजोर भएको यो परिवार अहिले हदसम्मको दुखबाट गुज्रिरहेको छ ।

सो परिवारको व्यथा पनि पछिल्लो समय यत्रतत्र सर्वत्र नै छाएकि बिनिता कुमालको जस्तै नै छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post