मिर्गौला फेल हुनुअघि शरीरमा देखिन्छन यस्ता लक्षणहरु


काठमाडौँ । शरीरमा एवम् रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट
बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ। किड्नीको विशेष सम्बन्ध
मुटु, फोक्सो, कलेजोसँग हुन्छ।


मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ। त्यसकारण, यदि
कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि बिग्रन्छ।



किड्नीका रोगीहरु दिनानुदिन बढीरहेका छन्। यसको मुख्य कारण मुटु, दम, श्वास,
टि।बी।, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर औषधीहरुको जथाभावी सेवन
गर्नु हो। यी आधुनिक औषधिहरुको विषाक्त प्रभावका कारण नै किड्नी र
पिसाबसम्बन्धी रोग उत्पन्न हुन्छ।



यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक
रुपमा सञ्चालन गर्दछ।



मिर्गौलाले आफ्नो जिम्मेवारी आशिंक वा पूरा रुपमा वहन गर्न नसक्नुलाई मिर्गौला
बिग्रनु वा मिर्गौला फेल भएको भन्ने गरिन्छ।



मिर्गौला फेल भएमा वा मिर्गौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर
डायलासिस वा मिर्गौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ। मिर्गौलाको
प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न
सक्दछ।



मिर्गौला फेल हुनुको अर्थ हो, मिर्गौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम
हुनु। मिर्गौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ। त्यसलाई
बेवास्ता गर्नु हुँदैन। मिर्गौला फेल हुनु अघिका ७ संकेतहरु यस्ता छन्ः





  • पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।


  • शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहारमा यस्तो देखिन्छ।

  • मन स्थिर नहुनु वा वान्ता हुनु

  • रक्तचाप अचानक बढ्नु ।

  • निरन्तर रगतको कमी हुँदै जानु ।

  • तौल अचानक कम हुनु ।


  • हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।



मिर्गौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता



१. पर्याप्त पानी पिउने

यसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ
र मिर्गौला स्वस्थ हुन्छ।



२. चीनी र नुनमाथि नियन्त्रण

खानामा चीनी र नुन नियन्त्रण गरे
रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मिर्गौलामा भार पर्दैन जसका कारण
मिर्गौला स्वस्थ रहन्छ।



३. व्यायाम गर्नुहोस्

दैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा
रक्तसंचार राम्रो हुन्छ । मिर्गौला पनि स्वस्थ रहन्छ।



४. स्वस्थ खानेकुरा खानुहोस्

हरियो सागपात, गेडागुडी, फलफूल आफ्नो
खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मिर्गौला स्वस्थ रहन्छ।



५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्

धुम्रपान, मद्यपान, जंक
फूडबाट टाढै बस्नुहोस् । यसले मिर्गौलामा टक्सिन जम्मा हुन दिँदैन।


Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post