फाँसीको सजाय सुनाएपछि किन भाँचिन्छ कलमको निब ?


हाम्रो देशमा त फाँसीको सजायको व्यवस्था नै छैन। यसकारण यहाँका न्यायाधीशले कलमको निब भाँच्ने कुरै भएन। तर, भारतमा जघन्य अपराधीका लागि फाँसीको सजाय सुनाउने गरिएको छ। भारतको सर्वोच्च अदालतका न्यायाधीशले फाँसीको सजाय सुनाएपछि फैसला लेखिएको कलमको निब भाँचेर फाल्छन्। यो कुनै कहानी होइन।

यसरी निब भाँच्नुका कारण के हुन् त ?

भारतीय कानुनमा सबैभन्दा ठूलो सजाय फाँसी हो। ‘रेयर अफ रेयरेस्ट केस’ अर्थात् जघन्यभन्दा जघन्य मुद्दामा मात्रै दोषीलाई फाँसीको सजाय सुनाउने गरिन्छ। जब कुनै व्यक्तिको अपराध जघन्यभन्दा पनि जघन्य हुन्छ, उसले मात्रै फाँसीको सजाय पाउँछ। फाँसीको सजाय सुनाएपछि न्यायाधीशले कलमको निब भाँच्नुको एउटा कारण हो– यस प्रकारका फैसला फेरि लेख्नु नपरोस्, यस्ता अपराध फेरि नहोउन्।

अर्को कुरा फाँसीको सजाय सुनाइसकेपछि कुनै पनि व्यक्तिको जीवन समाप्त हुन्छ। यसकारण कसैको जीवन समाप्त पार्ने कलमको जीवन पनि समाप्त पारिन्छ। ताकि कसैको जीवन समाप्त पारिएको कलमको निबले त्यसपछि केही नलेखोस्।

भारतको सर्वोच्च अदालतका न्यायाधीशले कुनै व्यक्तिलाई फाँसीको सजाय सुनाइसकेपछि त्यो सजाय पुनरावलोकन हुँदैन।

तर, फाँसीको सजाय पाएको व्यक्तिको पुनरावलोकन हुने ठाउँ राष्ट्रपति भवन हो।

सर्वोच्चले गरेको फाँसीको फैसलामा कसैले याचिका (पुनरावेदन) दायर गरेमा उक्त सजाय माफ गर्ने वा याचिकामा विचार गर्ने अधिकार केबल राष्ट्रपतिसँग मात्र हुन्छ। राष्ट्रपतिले चाहेमा, उपयुक्त देखेमा माफ गर्न सक्छन्।

एक पटक सजाय लेखिसकेका न्यायाधीशले उक्त फैसलाबारे विचार गर्न सक्दैनन्। यसकारण जुन कलमले मृत्यु लेखेको हुन्छ, उसलाई पनि भाँचेर फालिन्छ।

र, यो पनि भन्ने गरिन्छ कि फैसलापछि निब भाँच्नुको अर्को उद्देश्य न्यायाधीशलाई पनि फेरि त्यो फैसलाबारे पुनरावलोकन गर्न नदिनु हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post