बिरामि आमालाई १५ महिनाको बच्चा बेचेर उपचार गर भनेपछि ...कठै (हेर्नुस् भिडियो )

२४ बर्षिय वर्षा गौतम अहिले मिडियासग गुहार मागिरहेकि छिन् ।उनको छोरा अहिले पन्ध्र महिनाको मात्रै छन् अनि छोरी आठ बर्षकि ।आफू बिरामि भएर अत्याधिक पिडामा भैरहदा आफुलाई बचाइदिनु भन्दै गुहार माग्दा छोरो बेचेर उपचार गर्नु भन्ने खालका प्रतिक्रिया आएसगै उनी भक्कानिएर रुदै मिडिया समक्ष आएकि छिन् ।

आफू गरिब भएकै कारण यो समाजले आफुलाई आफ्ना छोराछोरी बेचेर उपचार गर भनेको भन्दै उनी डाको छोडेर धुरुधुरु रुन्छिन् ।आफुलाई कसैगरि बचाइदिनु र आफू बाचेसगै आफ्ना सन्तानलाई आफुले राम्रो शिक्षा दीक्षा दिने र छोराछोरी पनि यस्तै पिडित र दुखिहरुलाइ सहयोग गर्नु भन्दै अराइसिकाइ गर्ने उनी बताउँछिन् ।

आफ्नो छोरो जस्को ओठ निचोर्दा दूध आउँछ ।त्यहि छोरोलाई बेचेर कुनचहि आमाले आफ्नो उपचार गर्न सक्दिहोर भन्दै उनिले मर्मस्पर्शी बेदना कहन्छिन्।आफुलाई हेपेर समाजले यशो भन्दै गर्दा हदसम्मको पीडा भएको उनी बताउँछिन् ।

वर्षा गौतमको घर गुल्मि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा हो तर अहिले कामको सिलसिलामा नवलपुरमा बस्दै आएकि छिन्।श्रिमानले गाडि कुदाउदै आउनु भएको छ र उपचार खर्च नहुने हो भने आफू बाच्न नसक्ने र छोराछोरी कै लागि भएपनि आफू बाच्ने रहर भएको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post