बिहे भोजमा मासु नदिएको भन्दै झडप, १ को मृत्यु ३ जना घाइते



कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ ।

उक्त लडाँईमा एक जनाको मृत्यु पनि भयो । घटनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो ।

त्यहाँ विवाद एकदम उग्र भएको थियो । घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो ।चारैजनालाई उपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो । त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ त घोषित गर्दिए । तीन जना गम्भीर घाइतेहरुलाई अर्को अस्पताल पठाइयो ।

जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घाइते भएका छन् । शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियोे ।त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन् ।

त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।

यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला*** 

Post a Comment

Previous Post Next Post